News

Nov 28, 2012

पारस शाह गाजा तस्करीको आरोपमा थाइल्यान्डमा पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पूर्वयुवराज पारस शाह एक महिना अगाडी लागू औषध गाजाको विषयमा थाइल्यान्डमा पक्राउ परेको रहस्य खुलेको छ । हिन्दुहरुको महान पर्व दशैँले विश्वभरका नेपालीलाई छपक्कै छोपेका बेला पारस शाह थाइल्यान्डको पर्यटकीय सहर फुकेट बाट पक्राउ परेका थिए । केही समाचार संस्थाले उल्लेख गरे अनुसार पर्यटकीय सहर फुकेटमा रहेको उनको निजी निवासमा थाइ प्रहरीले छापा मार्दा ३ दशमलब ४ ग्राम गाँजा फेला पारेपछि पारस पक्राउ परेका हुन् । एक महिना अघि पक्राउ परेका पारस अहिले थाइल्यान्डको आई अदालतमा लागुऔषध मुद्धाको तारेख धाइरहेका छन् । पारसलाई थाई प्रहरीले एक रात हिरासतमा राखेपछि त्यहाँका एक नागरिकले ठूलो रकम धरौटी राखेर पारसलाई जेलबाट भने छुटाउन सफल भएको बताइएको छ । त्यसरी पारस हिरासतबाट छुटे पनि अहिले अदालतमा तारेख भने धाइरहेका छन् । पारसले लागुऔषध कारोबारको आरोपमा थाई कानुन अनुसार तारेख धाएर यसको अन्तिम फैसला पर्खन तीन महिला लाग्छ । पारसको पासपोर्ट समेत त्यहाँको प्रहरीले जफत गरेको छ भने तारेखका लागि वारेस इन्कार गरेपछि अदालत समक्ष पारस स्वयम् धाइरहेका छन् । पारसले लागु औषध कारोबार गरेको प्रमाणित भए थाई कानुन अनुसार एक वर्ष कैद वा २० हजार भाट बराबरको जरिवान अथाव दुवै सजाय समेत भोग्नुपर्ने हुन्छ । राजतन्त्रात्मक देश थाइल्यान्डको कानुनमा एक नम्बरको लागुऔषध चरेस र हेरोइनसहित पक्राउ परेका लागुऔषध कारोबारीलाई त मृत्युदण्डसम्मको सजाय दिने गरिन्छ । तर पारस शाह भने गाजाको विषयमा पक्राउ परेकाले जेल र जरिवाना भन्दा ठूलो हुन नसक्ने व्यवस्था रहेको छ । यता, पारस पक्राउ परेको जानकारी नेपाली दूतावासलाई कात्तिक ११ मै गराइएको भए पनि अझै सम्म यसलाई गुपचुपमै राखिएको थियो । युवराज हुँदा देखिनै अपराध र चोरी जस्ता मुद्धामा नेपाल भित्रै पनि पटक पटमक नाम मुछिदै आएका पारस पूर्व युवराज बनेपछि समेत विभिन्न आपराधिक काण्डमा जोडिदै चर्चामा आईरहेका छन् । पारसको यो क्रियाकलापले भने थाइल्यान्डमा पुगेर समेत निरन्तरता पाएको छ । 

थप रहस्य यसरि फेला पर्‍यो 
गाँजा तस्करीको अभियोगमा थाईल्याण्डमा पक्राउ पछि जेलसम्म बसेका पूर्वयुवराज पारस शाह पक्राउ पर्दा एक्लै नभएर केटीसहित पक्राउ परेको रहस्य पनि खुलासा भएको छ । उनी नेपालीहरुको महान पर्व दशैंको बेला थाईल्याण्डमा लागू औषध गाजासहित पक्राउ परेका थिए । पक्राउ पछि उनले एक दिन त्यहाँ जेलसमेत बिताउनु परेको थियो भने दोस्रो दिन चाँही एक थाईल्याण्ड नागरिकले उनलाई धरौटीमा रिहा गरेका थिए । जो पारस शाह अहिले पनि अदालतको तारेख भने धाईरहेको बताइएको छ । सोही घटनाको सम्बन्धमा उनका थप रहस्यहरु खुल्दै गएको हो । थाई केही बेवसाइटहरुले उल्लेख गरे अनुसार सो क्रममा उनी पक्राउ पर्दा केटीसहित पक्राउ परेका थिए । तर केटीको नाम भने अहिलेसम्म खुलाइएको छैन । वेबसाइटहरुमा उल्लेख भएबमोजिम कोठामा पुरुष र महिलाबीच झगडापछि होटलवालाले प्रहरीलाई खबर गरेका थिए । खबर पश्चात् त्यहाँ प्रहरी आएको र पछि विवाद मिलाउने क्रममा प्रतिबन्धित लागू औषध फेला परेको थियो । सो घटनामा ती नाम नखुलाइएकी महिलाले अपराध स्वीकार गरिसकेपनि पारसले भने स्वीकार गरेका छैनन् । पारसले त्यही घटनालाई लिएर दुई पटक अदालतको तारिख खेपिसकेका छन् । उनलाई थाई प्रहरीले ३.४ ग्राम गाँजा राखेको अभियोग लगाएको छ । थाई कानुन अनुसार लागु औषध मुद्धा छिनोफानो हुन ३ महिना लाग्नेछ ।

No comments: