News

Nov 4, 2012

प्रचण्डलाई आश्वस्त पार्ने राष्ट्रपतिको प्रयास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१९ कात्तिक,राष्ट्रपति डा. रामवरण यादवले गतिरोध अन्त्यका लागि दलहरुबीच हुने सहमति आफूलाई मान्य हुने बताउनु भएको छ । कु गर्ने राष्ट्रपतिको प्रयास असफल भएको समाचार सार्वजनिक भएलगतै यादवले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शितल निवास बोलाएर यादवले दलहरुको सहमति विना आफूले कुनै कदम नचाल्ने भन्दै आश्वस्त पार्ने प्रयास गर्नु भएको छ । राष्ट्रपतिले बाहिर आएको हल्लाको पछि नलाग्न र छिट्टै सहमतिमा पुग्न आग्रह गर्नु भएको छ । भेटपछि प्रचण्डले भन्नुभयो-’बाहिरको हल्लाको पछि नलाग्नुस्, दलहरुको सहमति विना म कुनै निर्णय लिन्न भनेर उहाँले प्रष्ट पार्नुभयो ।’ सहमति विना आउने बजेट अध्यादेश स्वीकृत गर्न आफूलाई अफ्ठ्यारो पर्ने भन्दै उहाँले छिट्टै सहमति गरी आफ्नो अफ्ठ्यारो फुकाइदिन आग्रह समेत गर्नु भएको छ । भेटमा राजनीतिक गतिरोध अन्त्यका लागि भइरहेको प्रयास र बजेट संकट समाधानबारे छलफल भएको थियो । राष्ट्रपतिलाई भेट्नु अघि प्रचण्डले एमाले अध्यक्ष झलनाथ खनालसँग टेलिफोन वार्ता गर्नु भएको थियो । एमाओवादी प्रवक्ता अग्नि सापकोटाका अनुसार उहाँहरुबीच सहमतिका लागि तत्काल पहल थल्ने सहमति भएको छ । श्रोतका अनुसार प्रचण्ड र खनालबीच राष्ट्रपतिको कु गर्ने असफल प्रयासबारे समेत छलफल भएको थियो । प्रचण्डले कांग्रेस नेताहरुसँग पनि छलफल गर्नु भएको सापकोटाले जानकारी दिनुभयो ।

No comments: