News

Nov 9, 2008

सरकारले प्रमुख राजनीतिक दलको परिभाषा गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले प्रमुख राजनीतिक दलको परिभाषा गर्नेभएको छ । सत्तासाझेदार दल माओवादी एमाले र नेकपा एकताकेन्द्र मशालको आज आइतबार बसेको बैठकमा अव छिट्टै बस्ने मन्त्रिपरिषद बैठकले प्रमुख तथा ठूला राजनीतिक दललाई परिभाषित गर्ने सहमति भएको हो । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले महासचिव झलनाथ खनाल र एकताकेन्द्रका महासचिव नारायणकाजी श्रेष्ठ प्रकाशबीच वालुवाटारमा भएको बैठकमा सेना समायोजन तथा पुनस्थापना विशेष समितिको कार्यविधि परिवर्तन गर्ने सहति भएको छ । बैठकमा राजनीतिक दलहरुको सहममतिमा विशेष समितिको कार्यविधिमा परिवर्तन गरी कांग्रेसलाई सहभागी गराउने विषयमा छलफल भएको एमाले महासचिव झलनाथ खनालले जानकारी दिनुभयो ।यसैबीच सेना समायोज विशेष समिति विवाद टुङ्गयाएर कांग्रेसलाई सहभागी गराउने विषयमा प्रधानमन्त्री प्रचण्डले आजै कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग छलफल गर्दै हुनुहुन्छ । महाराजगन्जमा हुने छलफलमा सेना समायोजन विशेष समितिमा कांग्रेसको सहभागिता, राजनीतिक दलबीच देखिएको मतभेद, लगायतका विषयमा छलफल हुने बताइएको छ ।

No comments: