News

Jan 3, 2009

छुट्टाछुट्टै आगलागी र दुर्घटनामा ७ को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कीर्तिपुर नयाँबजारस्थित एक घरमा गएराति आगलागी हुँदा एकै घरका तीनको मृत्यु भएको छ। राति मकलमा आगो बालेर सुतेका उनीहरु बिहान मृत अवस्थामा फेला परेको कीर्तिपुर प्रहरीले जनाएको छ। मृत्यु हुनेमा भुवन लामा, उनकी श्रमिती शान्ति लामा र बीस दिनकी छोरी रहेको बताइएको छ। यसैबीच गएराति नै कोटेश्वरमा भएको आगजनीमा एक भारतीय नागरिकको मृत्यु भएको छ। यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा गएराति नै भएका मोटरसाइकल दुर्घटनामा तीन जना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा मेची नगर नगरपालिका १० का २० बर्षिय राजेश गड्तौला, २५ बर्षिय दिवश तामाङ र दमक ११ का रमेश चौधरी रहेका छन्। राति ८ वजे मेची नगरपालिका २ स्थित धाइजनमा विग्रिएर रोकिराखेको मे १ ख १३४ नंम्वरको ट्रकमा ठोक्किदा मे २ प ४८६४ नम्वरको मोटरसाईकलमा यात्रा गरिरहेका गड्तौला र तामाङको घटनास्थलमै मृत्यु भएको छ। त्यसैगरी मोरङको डागीहाट ४ मा भएको मे २ प ४८६४ नंम्वरको मोटरसाइकल पम्चर भई भएको दुर्घटनामा चौधरीको घटनास्थलमै मृत्युु भएको मोरङ प्रहरीले जनाएको छ।

No comments: