News

Jan 3, 2009

राज्यपुनर्संरचना आयोगको निर्माण छिटो गर्न आग्रह - सुवास नेम्वाङ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले उच्चस्तरीय राज्यपुनर्संरचना आयोगको निर्माण छिटो गर्न सरकारलाई आग्रह गर्नु भएको छ। कानुन, न्याय तथा संविधानसभा व्यवस्था मन्त्रालयद्वारा आयोजना गरिएको संघियता र स्वयत्तता विषयक गोष्ठीमा अध्यक्ष नेम्वाङले संविधान निर्माण गर्ने कुरामा सबै राजनीतिक दलहरु इमान्दार रुपमा लागेको बताउनुभयो। कार्यक्रममा कानुन, न्याय तथा संविधान व्यवस्थामन्त्री देव गुरुङले संविधान निर्माण गर्ने केही ढिला भए पनि सरकार सहमति र सहकार्यको आधारमा अघि बढ्न तयार रहेको जानकारी दिनुभयो।यसैबीच काठमाडौंमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले सरकारमा रहेका राजनीतिक दलका भातृ संग्ठनहरुको अवरोधका कारण सरकारले गति लिन नसकेको स्वीकार गर्नु भएको छ। उपप्रधानमन्त्री गौतमले सत्ताधारी दलका भातृ संगठनले निर्दोष मानिसको हत्या गर्ने र कलकारखानामा अवरोध पुर्‍याउने काम गरिरहेको बताउनु भयो। उहाँले सेना समायोजन विशेष समितिले छिट्टै नै पूर्णता पाउने र माओवादी सेनाको समायोजन र पूनर्स्थापनाको काम सुरु हुने बताउनु भयो। जनताको समर्थन विना विधिको शासन र कानुनको पालना हुन नसक्ने उहाँको तर्क थियो।

No comments: