News

Jan 8, 2009

अमेरिकामा नेपाली युवकको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकास्थित टेक्सासको टिएल फुड स्टोरको ३२०० बल्क स्टोरमा कार्यरत नेपाली युवक जसबहादुर राईको अमेरिकी समय अनुसार मंगलबार बिहान ७ बजे हत्या भएको छ। स्टोरमा काम गरिरहेका समयमा करिब ६ फिट १ इन्च अग्लो कालो बर्णको लुटेराले उनलाई आक्रमण गरेको थियो। राईको जोन पिटर स्मिथ अस्पतालमा मृत्यु भएको हो। ´ऊ राम्रो मान्छे थियो पैसाका लागि उसलाई मार्न पर्ने थिएन उससँग मागेको भए यसै दिन्थ्यो´ राईका साथी रोवर्ट डेभिसले भनेको फक्स न्यूजले जनाएको छ। अमेरिकामा लुटेराहरूले फुड स्टोरमा डकैत गर्न जाँदा त्यहाँ काम गर्ने कामदारलाई हत्या गर्ने गर्छन। यस्तै किसिमको हत्यामा दुई महिना अगाडि एक नेपाली विद्यार्थीको अमेरिकामा मृत्यु भएको थियो। हत्याको अभियोगमा प्रहरीले नियोनाड जुनियलाई गिरफ्तार गरेको छ। सोलुखुम्बु घर भएका राईका श्रीमती, १९ बर्षीया छोरी र १४ बर्षको छोरा छन्।

No comments: