News

Jan 8, 2009

अनियन्त्रित मूल्यवृद्धि रोक्न कडा कदम चाल्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अर्थमन्त्री डा. बाबुराम भट्टराइले सरकारले बजारमा भइरहेको अनियन्त्रित मूल्यवृद्धि रोक्न कडा कदम चाल्ने संकेत गर्नुभएको छ । नेपाल राष्ट्र बैङ्कको निरीक्षण भ्रमणका क्रममा बैङ्क अधिकारीलाई निर्देशन दिँदै अर्थमन्त्री भट्टराइले यस्तो सङ्केत गर्नुभएको हो । त्यस अवसरमा बैङ्कका कामु गभर्नर कृष्णबहादुर मानन्धरले नेपाली बजारमा यथेष्ट तरलता रहेको जानकारी गराउनुभयो । अर्थमन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार प्रा.डा. श्रीराम पौड्यालले मूल्यमा स्थिरता कायम गर्न बैङ्कलाई भूमिका निर्वाह गर्न र ग्रामीण क्षेत्रबाट जम्मा भएको निक्षेप गाउँमा लगानी गरिनुपर्ने सुझाव दिनुभयो ।

No comments: