News

Jan 13, 2009

जनविद्रोहमार्फत सत्ता कब्जा गर्ने प्रधानमन्त्रीको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालले षड्यन्त्र गरि वर्तमान सरकार ढाल्ने प्रयास भएमा जनविद्रोह मार्फत सत्ता कब्जा गर्ने चेतावनी दिनुभएको छ । नेकपा माओवादी र नेकपा एकता केन्द्र मसालबीच पार्टी एकिकरणको घोषणा सभालाई सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले सरकार ढाल्ने खेल आत्माघाती हुने बताउनु भयो। उहाँको आफ्नै कमजोरीले सरकार ढलेमा मुलुकको भविष्य र अस्तित्व नै खतरामा पर्ने बताउनुभयो। प्रधानमन्त्री दाहालले माओवादी शान्ति प्रक्रियामा आत्मसमर्पण गरेर आएको नभइ बन्दुकबाट जितेर शान्ति प्रक्रिया ल्याएको दावी गर्नुभयो। उहाँले जनयुद्ध र जनआन्दोलनको समायोजनले राजतन्त्रको अन्त भएको बताउदै जनयुद्धको भूमिका अस्विकार गर्ने कम्युनिष्ट हुन नसक्ने बताउनुभयो। प्रधानमन्त्री दाहालले अहिले भइरहेको लोडसेडिङ्ग संसदीय काल र पञ्चायत कालको भ्रष्टाचारको उपज भएको बताउनुभयो। उहाँले सवै राजनीतिक दलहरुमा राजतन्त्रको अवशेष बाँकी रहेकाले सडक, सदन र सरकारबाट निरन्तर खबरदारी नभएमा नयाँ संविधान समयमा बन्न नसक्ने बताउनुभयो।

No comments: