News

Jan 14, 2009

ओसामा बिन लादेनलाई गिरफ्तार गर्ने कुरामा जर्ज बुस अनभिज्ञ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्टन/ अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले मंगलबार आफ्नो आठ वर्षे कार्यकालमा अल कायदा प्रमुख ओसामा बिन लादेनलाई कुनै बखत गिरफ्तार गर्ने स्थिति आएको थियो भन्ने कुरामा आफू अनभिज्ञ रहेको बताएका छन् । सिएनएनका ल्यारी किङलाई दिएको आफ्नो अन्तिम अन्तर्वार्तामा बुसले धेरै व्यक्ति लादेनको खोजीका लागि लागिपरेकाले ढिलो वा चाँडो उनी गिरफ्तारीमा पर्नेमा आफू ढुक्क रहेको बताए । लादेनको खोजीमा सन् २००२ मा अमेरिकी फौज अफगानिस्तान पसेपछि सेप्टेम्बर ११ को विश्वंशकारी हमलाका योजनाकार लादेनको पक्राउको नजिक कहिल्यै पुग्नुभएको थियो कि भनेर सोधिएको प्रश्नमा उनको जवाफ थियो- 'मलाई थाहा छैन । म त्यसको जवाफ दिन सक्तिनँ । म यो कुरा लुकाउन पनि चाहन्नँ ।' यसअघि आफ्नो राष्ट्रपतीय कार्यकाल कलंकित बन्न पुगेको भन्ने आलोचनालाई बुसले इन्कार गर्दै आएका थिए । आफ्नो इराकनीति असफल नभएको र आफ्नो निर्देशनमा संयुक्तराज्य अमेरिकाले यातना नदिएको जवाफ उनी दिने गर्थे । बुसले सन् २००५ मा आएको क्याटि्रना आँधी आफ्नो कार्यकालको सबैभन्दा खराब क्षण भनी स्मरण गरेका छन् । बुसले बिहीबार राति राष्ट्रका नाममा अन्तिम सम्बोधन गर्ने कार्यक्रम छ ।

No comments: