News

Jan 1, 2009

लिम्बुवान मोर्चा र मञ्चबीच एकता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा माओवादी निकट लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चा र लिम्वुवान स्वायत्त सरोकार मञ्च विच एकता भएको छ। मंगलवार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी सो घोषणा गरियो । दुवै संगठनको न्युनतम लIय लिम्वुवान स्वायत्त राज्यको प्राप्ती भएको र लिम्वु जातीको मुक्तिका लागि जारी संघर्षको न्युनतम अवधारणा समान रहेकोले एकता सम्भव भएको मोर्चाका अध्यक्ष श्रीप्रसाद जवेगुले बताउनुभयो। पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष जयकुमार केरुङ्गले आत्मनिर्णयको अधिकार सहितको लिम्वुवान स्वायत्त राज्य स्थापना गर्ने अभियानलाई निर्णायक र परिणाममुखी बनाउन दुवै राजनैतिक संगठनहरु विच एकता गरिएको बताउनुभयो।

No comments: