News

Jan 4, 2009

तराइ-मधेस लोकतान्त्रिक पार्टीले आन्दोलन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले सहमति पूरा नगरेको भन्दै तराइ-मधेस लोकतान्त्रिक पार्टीले आन्दोलन गर्ने घोषणा गरेको छ । उक्त पार्टीको केन्द्रीय कार्य सम्पादन समिति वैठकले मधेसीलगायत सबै सीमान्तकृत वर्गको हितमा संविधान निर्माणलाई बल पुर्‍याउनका लागि गत मंसिर १६ गते प्रधानमन्त्रीमसमक्ष प्रस्तुत ज्ञापनपत्रमा उल्लेखित १३ सूत्रीय माग पुरा गराउन संविधानसभाभित्र अझै सशक्तरूपमा प्रस्तुत हुने निर्णय गरेको छ ।पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा पुस १७ गतेदेखि सुरु भएर शनिबार सकिएको बैठकले पुस २८ गतेदेखि शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय पनि गरेको छ । ट्रेड युनियनका रूपमा दर्ता रहेको नेपाल मधेसी निजामती कर्मचारी मञ्चलाई पार्टीको भ्रातृ संगठनका रूपमा सम्बन्धन प्रदान गर्ने निर्णय पनि गरिएको छ ।

No comments: