News

Jan 4, 2009

बुहारीलाई छोएकै कारण समाजले जरिवाना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाइकी पत्नी आफ्नी बुहारीलाई छोएकै कारण सिरहामा एकजनालाई समाजले जरिवाना गरेको छ । यो अनौठो लाग्ने घटजा सिरहाको लहानमा भएको छ । लहान नगरपालिका-७ का नन्दकिशोर मेस्तरले भाइबुहारीलाई छोएकाले त्यहाँका ३२ घरधुरी मेस्तर समुदायलाई भोज खुवाएर जरिवाना तिरेका हुन् ।भोज खुलाउनेमात्र होइन नन्दकिशोरले आपसी झगडाकाक्रममा आफ्नै भाइबुहारीसँग झगडा गरी उनको शरीर छोएकाले पाप कटाउन तथा शुद्धि प्राप्त गर्न भारतको गया जानुपर्ने जरिवानासमेत पाएको नथुनी मेस्तर भन्दछन् । भाइबुहारीसँग बारम्बार झगडा गर्ने र उनको शरीर छुने गरेकाले नन्दकिशोरले जरिवानास्वरूप गत बुधबार आफ्नो समुदायका मानिसहरूलाई बाध्यतावश भोज खुवाएका थिए ।

No comments: