News

Jan 12, 2009

संयुक्त राज्य अमेरिकाका १४ प्रतिशत जनसंख्या निरक्षर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राज्य अमेरिकाका १४ प्रतिशत जनसंख्या निरक्षर छ । प्रत्येक सात अमेरिकीमा एकजनाले पढ्न सक्दैनन् । शिक्षा विभागले यसै साता सार्वजनिक गरेको तथ्यांकअनुसार तीन करोड २० लाख वयस्क अमेरिकी सामान्य लेख पनि पढ्न सक्दैनन् । उनीहरू पत्रपत्रिका वा औषधीमा लेखिएको कुरा पढ्न सक्दैनन् । 'निरक्षरताको संकट दिनप्रतिदिन विकराल भइरहेको छ । शैक्षिक लगानी र सहायता कार्यक्रम पनि जोखिममा परेको छ,' प्रोलिट्रेसीका अध्यक्ष डेभिडसिं हारभी भन्छन्, '२००८ मा दस लाखभन्दा बढी अमेरिकीले जागिर गुमाए । यो १६ वर्षयताकै सबैभन्दा धेरै हो,' उनले भने । उनका अनुसार जागिर गुमाउनेमा प्रायः पढ्न, लेख्न र हिसाबकिताब गर्न नआउने अदक्ष जनशक्ति छन् । सरकारले सहायता प्याकेजमार्फत रोजगारी बढाउन खोजिरहेको छ । तर, अहिले भइरहेको रोजगारी कायम गर्न साक्षरतादर बढाउनुपर्ने हारभी भन्छन् । गत महिना सार्वजनिक भएको एक तथ्यांकअनुसार अमेरिकाका मिनोपोलिस र सियटल सबैभन्दा बढी साक्षरतादर भएका सहर हुन् । प्रोलिट्रेसी संस्थाले सुविधाबाट वञ्चित जनसमुदायबीच साक्षरता बढाउने काम गर्छ । साक्षरतामा लगानि गर्न सरकारलाई घच्चघच्चाउछ । प्रोलिट्रेसीको अनुमानअनुसार अमेरिकामा प्रत्येक वर्ष निरक्षरताका कारण उत्पादन, स्वास्थ्य र सुरक्षामा ६ करोड घाटा हुन्छ । प्रान्तीय र स्थानीय र राज्यमा उचित आर्थिक सहयोग प्रदान नहुँदा निरक्षर जनताले सहयोग नपाएको प्रोलिटे्रसी संस्थाले उल्लेख गरेको छ । प्रोलिटे्रसीका अनुसार ६३ प्रतिशत कैदी पढ्न सक्दैनन् । विश्वभर ७७४ मिलियन जनता निरक्षर छन् । तीमध्ये दुईचौथाइ महिला निरक्षर छन् । संस्थाका अनुसार बाबुआमा निरक्षर भए सन्तानले पनि निरक्षर हुने सम्भावना धेरै हुन्छ । यसैगरी, अपिmकाका कम्तीमा एक सय ६० मिलियन वयस्कहरू निरक्षर छन् र तिनमा दुईतिहाइ त महिला नै छन् । गत बुधबार लागोसमा संयुक्त राष्ट्रसंघीय शिक्षा, विज्ञान तथा संस्कृतिसम्बन्धी एजेन्सी युनेस्कोका महानिर्देशक कोइचिरो मात्सुराले उक्त जानकारी दिएका हुन् । उनले यसबाट संस्थाका अगाडि निकै चुनौती उपस्थित गराउनुका साथै त्यस महाद्वीपको विकासमा ठूलो असर पारेको बताएका छन् । मात्सुराका अनुसार लैंगिक असमानता, अन्याय र शिक्षाको स्तर सुधार्नु युनेस्कोका मुख्य चुनौती हुन् । नाइजेरियाका मल्टिनेसनल कम्पनीले शिक्षामा लगानी गर्न मात्सुराले आग्रह गरेका छन् ।

No comments: