News

Jan 13, 2009

सीमा अतिक्रमणको विरोध गर्दै भारतविरुद्ध प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीसम्बद्ध नौवटा जनवर्गीय संगठनले सीमा अतिक्रमणको विरोध गर्दै भारतविरुद्ध प्रदर्शन गरेका छन् । पछिल्लोपटक भारतीय सीमा सुरक्षा बल इलामको श्रीअन्तु डाँडामा नेपाली भूमि कब्जा गरेर बसेको भन्दै उनीहरूले विरोध जनाएका हुन् । रत्नपार्कबाट सुरु भएको विरोध र्‍याली बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, सहिदगेट हुँदै रत्नपार्कमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले राष्ट्रिय सुरक्षाका लागि जुनसुकै सहयोग गर्न तयार रहेको बताए । उनले भने, 'सीमा सुरक्षाका लागि जस्तोसुकै त्याग गर्न तत्पर छौँ ।'

No comments: