News

Jan 2, 2009

भुटानमा माओवादी आक्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालमा रहेका भुटानी माओवादी लडाकूले भुटानमा शक्तिशाली बम विस्फोट गराई चारजना वन कर्मचारी (रेन्जर) को हत्या गरेका छन् । रेन्जरको हत्यापछि भुटान सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।भुटानी प्रहरी प्रवक्ताको भनाइ उद्धृत गर्दै एक प्रसिद्ध भारतीय समाचार एजेन्सीले जनाएअनुसार बिहीबार साँझपख दक्षिणी भुटानको सार्पाङ जिल्लाको सिंघे गाउँमा विस्फोट गराइएको थियो । '६ जना भुटानी वनरक्षक सारपाङ सहरमा किनमेल गरी फिब्सु गाउँस्थित आफ्नो शिविरतर्फ र्फकंदै गर्दा उनीहरू चढेको ट्याक्टर सडकमा बिछ्याइएको धरापमा ठोकिन पुगेको थियो,' प्रवक्ताले भने, 'विस्फोटपछि चारजनालाई गुरिल्लाहरूले गोली ठोके र पछि तिनका लासलाई झिकेर आगो लगाए । विद्रोहीहरूले वनरक्षकका बन्दुक खोसे । दुईजना केही गरेर बाँच्न त बाँचे, तर नराम्ररी घाइते हुन पुगे । यो काम नेपालमा रहेका भुटानी कम्युनिस्ट पार्टीको हुन सक्छ ।'नेपाली मूलका भुटानीहरू बढी संख्यामा आबद्ध सो पार्टी भुटानी शाहीतन्त्रको विरोधमा हिंसात्मक संघर्षमा उत्रेको छ । भुटानी फौजले मे महिनामा पाँच भुटानी कम्युनिस्ट विद्रोहीलाई हत्या गरी अन्य १७ जनालाई पक्रेको थियो ।

No comments: