News

Jan 12, 2009

माओवादी र एकता केन्द्रबीच आज एकीकरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी) र नेकपा (एकता केन्द्र मसाल) बीच आज एकीकरण हुँदै छ। पार्टीकीकरणको लामो समयदेखिको प्रयासलाई माओवादीको आइतबार बस्ने केन्द्रीय कमिटीको बैठकले अन्तिम रूप दिएको हो। पार्टीकताको घोषणा भोलि मंगलबार खुला मञ्चबाट हुने जानकारी दिइएको छ तर संविधानसभाका सभापतिहरूको निर्वाचनका कारण घोषणासभा स्थगित हुन सक्ने सम्भावना पनि छ।नेकपा (माओवादी) ले पार्टीकता हुनुअगाडि ३५ सदस्यीय रहेको केन्द्रीय समितिलाई बढाएर आइतबार १ सय ६ सदस्यीय बनाएको छ। नेकपा (एकता केन्द्र मसाल) सँग पार्टीकता गर्न संयुक्त बैठक गर्नुअगाडि आज सोमबार पनि केही सदस्य थप गर्ने सम्भावना छ। पार्टीकीकरणसँग माओवादी पार्टी १ सय ५० भन्दा वढी सदस्य रहनेछन्।पार्टीकीकरणको एक दिनअगाडि आइतबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले नेकपा -एकताकेन्द्र मसाल) सँग पार्टीक भएपछि एकता केन्द्र मसालबाट ३५ सदस्य थप गर्ने निर्णय पनि गरेको छ। एकता केन्द्र मसालले पनि एकताको बारेमा आइतबार छलफल गरेको थियो।माओवादीले एकताका लागि चुङवाङ बैठक अगाडि रहेको ९५ सदस्यीय केन्द्रीय समितिले पुनः बिउँझाएको छ र आन्दोलनका क्रममा मृत्यु भएका, कारबाहीमा परेका र पार्टी डेकाको ठाउँमा नयाँ नियुक्ति गरेको छ। चुङवाङ बैठकबाट ९५ सदस्यीय केन्द्रीय समितिलाई ३५ सदस्यमा झारिएको थियो।ँमाओवादीमा पछिल्लो समयमा केही पार्टीको एकता भएको थियो र सो पार्टीट आएका नेताहरूलाई पनि केन्द्रीय समितिमा समेटिएको छ, जसले केन्द्रीय समितिका सदस्यहरू थपिएका हुन्’ -पार्टी्रवक्ता दीनानाथ शर्माले केन्द्रीय समितिको बैठकपछि पत्रकारहरूसँग भन्नुभयो।माओवादी केन्द्रीय समितिमा आइतबार एनके प्रर्साईं, हर्षहादुर शाही, जितवीर लामा, केशव नेपाल, कृष्ण केसी, भीमबहादुर कडायत, सर्वोत्तम डंगोल, टीका हमाल, कृष्णध्वज खड्का, रेखा शर्मा र हिमाल र्राईलाई थप गरिएको स्रोतले जनाएको छ। आज सोमबार बस्ने केन्द्रीय समितिको बैठकले अझ केही केन्द्रीय सदस्य थप गर्ने बताइएको छ।केन्द्रीय समितिको संख्या, पार्टीवधान, प्रचण्डपथको भविष्य, पार्टीे नाम परिवर्तनलगायतका विषयमा आज बस्ने दुवै पार्टीे संयुक्त बैठकमा छलफल हुने नेताहरूले जानकारी दिए। दुवै पार्टी संयुक्त बैठक पाटनमा बस्ने जानकारी दिइएको छ।छलफलका क्रममा पार्टीक भएपछि आफनै नाम यथावत् रहनुपर्ने माओवादीको अडान छ भने एकता केन्द्र मसालले एकीकृत नेकपा (माओवादी) बनाउनुपर्ने अडान राखिराखेको छ। दुइ पार्टीच एकता गर्ने औपचारिक निर्णयआज सोमबार पाटनमा बस्ने संयुक्त बैठकले गर्ने भएको छ भने भोलि मंगलबार खुला मञ्चबाट घोषणासभा हुनेछ। आइतबार बसेको नेकपा (माओवादी) को विस्तारित केन्द्रीय समितिको बैठकले माओवादीको भक्तपुर खरिपाटीमा हालै सम्पन्न राष्ट्रिय भेलाद्वारा पारित दस्तावेज र विधान अनुमोदन गरेको छ।

No comments: