News

Jan 12, 2009

सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन र सो दिन बिदा दिने कार्य बन्द गर्ने सरकारको निर्णय विरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । हरेक वर्ष पुस २७ गतेका दिन मनाउँदै आइएको उक्त दिवस नमनाउने सरकारको निर्णयले पृथ्वीनारायण साहको योगदानलाई अवमूल्यन र उपेक्षा गरेर अन्तरिम संविधान-२०६३ ले प्रदान गरेको हकमा समेत आघात पारेकाले सो निर्णय बदर गर्न रिट निवेदनमा माग गरिएको छ ।रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति तथा राज्य पुनःसंरचना मन्त्रालय, गृहमन्त्रालय, व्यवस्थापिका संसद सचिवालयलगायत विभिन्न दललाई विपक्षी बनाईएको छ । अधिवक्ता सन्तोष बस्नेत दिव्यसान राष्ट्रिय पाक्षिक पत्रिकाका प्रकाशक पुष्प थपलिया र काठमाडौं महानगरपालिका निवासी नवराज अधिकारीले संयुक्तरूपमा उक्त रिट निवेदन दायर गर्नुभएको हो ।

No comments: