News

Jan 2, 2009

पशुपतिमा दिनभर तनाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पशुपतिनाथको मन्दिरमा बिहीबार दिउँसो ४:२५ बजे कडा सुरक्षाका बीच नेपाली वैदिक पुजारी डा. विष्णुप्रसाद दाहाललाई प्रवेश गराइएको विरुद्ध चार भण्डारीद्वारा दिनभर प्रतिवाद गरिएको थियो। दक्षिणात्य भारतीय पुजारी महाबलेश्वर भट्ट, कृष्णयोग भट्ट र केपी रामचन्द्र भट्टले राजीनामा गरेपछि त्यस ठाउँमा तन्त्र, वैदिक र बौद्ध तीनवटै शास्त्रका ज्ञाता भट्ट वा राजोपाध्याय नेवार पुजारीलाई नियुक्त गर्नुपर्ने भन्दै भण्डारी खलकहरूले विरोध जनाएका हुन्।पाशुपत क्षेत्र वैदिक, बौद्ध, शाक्त, तन्त्र, जैन, शिख, गणपद, किराँत, नागा आदि धर्मसम्प्रदायको सामूहिक आस्थाको केन्द्र रहेको तर मन्त्रिपरिषद्को निर्णयभन्दै पशुपति क्षेत्र विकास कोषले जबर्जस्ती नियुक्त ब्रँ³मण मात्र वेदका ज्ञाता भएको हुँदा हामीले विरोध गरेका हौं’ -भण्डारी खलकका केदार भण्डारीले बताए।तन्त्र, बौद्ध र वैदिक तीन विधाका विज्ञ नेवार संस्कृतिलाई आत्मसात् नगरेका पुजारीलाई पशुपतिमा प्रवेश दिँदैनौं भन्दै चारै ढोकामा ताल्चा लगाई वातर्ँमा भण्डारी पक्ष उपस्थित नभएपछि पशुपति क्षेत्र विकास कोषले नेवाः राष्ट्रिय मुक्ति मोर्चाका महासचिव पवनमान श्रेष्ठको समेत उपस्थितिमा पश्चिम ढोकाको ताल्चा काटी नवनियुक्त नेपाली पुजारी डा. दाहाललाई पशुपति मन्दिरमा प्रवेश गराएको थियो।

No comments: