News

Jan 2, 2009

इटालीमा यौन हड्ताल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपल्स/ इटालीको सहर नेपल्सका सयौं महिलाले आफ्ना श्रीमान् वा पार्टनरले गैरकानुनी मानिएको आतिसबाजी नछोडे आफूहरूले उनीहरूसँग यौनसम्पर्क नराख्ने धम्की दिएका छन् । नेपल्सका स्थानीय अधिकारीले पनि ती महिलालाई साथ दिएका छन् । स्थानीय अधिकारीले नेपल्सका पुरुषलाई 'प्रेम गर, विस्फोट होइन' जस्ता टेक्स्ट म्यासेज पठाएका छन् । आतिसबाजीजस्तो अत्यन्त चासोको विषयमा आफ्ना श्रीमान् वा पार्टनरलाई सम्झाउने यो एक मात्र विकल्प भएको ती महिलाले बताएका छन् । 'आतिसबाजी गर्नु कुनै उत्सव मनाउनु होइन । यो खतरनाक छ'- आतिसबाजी नछोडे यौनसम्पर्क नगर्ने अभियानकी संस्थापक क्यारोलिना स्टाइनोले भनिन् । ४४ वषर्ीया स्टाइनोले आफ्ना पुरुषले आतिसबाजीको जोखिमका बारेमा अझै पनि नबुझे उनीहरूलाई कारबाही गर्दै महिलाले सोफामा सुत्न बाध्य पार्ने जानकारी दिइन् । 'यदि आतिसबाजीको जोखिमका बारेमा हाम्रा श्रीमान्, पार्टनर, छोराको ध्यानाकर्षण गर्न यौनजाम गर्नुपर्छ भने पनि हामी तयार छौँ'- उनले भनिन् । आतिसबाजीको जोखिमका बारेमा उनको तीतो व्यक्तिगत अनुभव छ । नयाँ वर्षको पूर्वसन्ध्याको पार्टीमा स्टाइनोका बाबुको छेउमा आतिसबाजी पड्कँदा उनका बाबु आजन्म छारे-रोगबाट ग्रस्त बने । यो घटना उनी जन्मनुभन्दा पहिलेको हो । नेपल्सबाट ४० किलोमिटर टाढा रहेको लिटेरे गाउँबाट उनले यो सानो अभियान सुरु गरेकी थिइन् । तर, अहिले यस अभियानका सयौं समर्थक भइसके । यस अभियानलाई मिडियाले पनि चासोका साथ हेरिरहेको छ । 'यस अभियानमा सहयोग गर्न चाहने मानिसले मलाई फोन गरिरहेका छन् । यस्तो चासो पाउँछु भन्ने मैले सोचेकी पनि थिइनँ'- उनी भन्छिन् । यो अभियान प्राचीन ग्रीक नाटक 'लिएस्ट्राटा'बाट प्रभावित भएको छ । युद्धबाट आजित भएका एथेन्सका महिलाले प्रतिद्वन्द्वी स्पाटा्रसँग युद्धविराम नगरेसम्म श्रीमान्सँग यौनसम्पर्क नराख्ने अभियान चलाएका थिए ।

No comments: