News

May 8, 2008

लिम्बुवान प्राज्ञिक परिषद् अवधारणा

लिम्बुवान प्राज्ञिक परिषद् अवधारणा(Limbuwan Intelectual Council)
गौरवशाली इतिहास भएको लिम्बुवानबासी हामी लिम्बूहरु कथित एकीकरणको नाममा आफ्नै भूमि लिम्बुवानमा शासित जनजातिको रुपमा दोस्रो दर्जाको नागरिक भएर रहनुपरेको छ । एकल जातीय केन्द्रिकृत शासन प्रणालीका कारण हामी तमाम भूमिपुत्र आदिवासी लिम्बूहरुको आफ्नै भूमि लिम्बुवानमा अस्तित्व र पहिचान सङ्कटमा परेको छ । हाम्रा वीर सहिद काङ्सोरेहरुको इतिहास कतै पनि लिखिएको छैन । हाम्रो फक्ताङ्लुङ आज कुम्भकर्ण हुन पुगेको छ । हाम्रा राजनैतिक प्रशासनिक संरचनाहरु, दश लिम्बुवान र सत्रथुम आज अस्तित्व विहीन भएका छन् । तमाम भूमिपुत्र आदिवासी जनजाति र अन्य उत्पीडित जातिहरुको बलिदानीपूर्ण सङ्घर्षका कारण एकल जातीय केन्द्रिकृत शासन प्रणाली अब स्वायत्त सङ्घीय राज्य प्रणालीमा रुपान्तरण हुन सहमत भएको छ । नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा जातीय, भाषिक, सांस्कृतिक वा भौगोलिक / क्षेत्रीय आधारहरु नै सङ्घीय संरचनाका सशक्त आधारहरु हुन् । यिनै आधारहरु र ऐतिहासिक पहिचानसहित स्वायत्त लिम्बुवान राज्यको स्थापना निर्विकल्प छ । स्वायत्त लिम्बुवान राज्यलाई अझ सशक्त र प्रभावशाली बनाउन तमाम लिम्बुवानबासी वौद्धिक समुदाय एकत्रित हुन जरुरी छ ।
लिम्बुवान प्राज्ञिक परिषद्को उद्देश्य र कार्यक्षेत्र
- लिम्बुवानसम्बन्धी सरोकार राख्ने र अन्य सम्पूर्ण सामाजिक सङ्घसंस्था र राजनैतिक पार्टीहरुसँग सर्म्पर्क गर्ने र आवश्यकता अनुसार अन्तरक्रिया र सहकार्य गर्ने ।
- स्वायत्त लिम्बुवान राज्यको विकास र स्थायित्वका लागि बौद्धिक समूहको हैसियतले गर्नुपर्ने जिम्मेवारी निर्वाह गर्ने ।
-आवश्यकता अनुसार लिम्बुवान राज्य सञ्चालन र नीति निर्माणमा उचित भूमिका निर्वाह गर्ने ।
लिम्बुवानमा भइरहेका राजनैतिक, सामाजिक, आर्थिक र सांस्कृतिक सङ्क्रमण रोक्न रचनात्मक भूमिका निर्वाह गर्ने ।
-लिम्बुवानमा सृजना हुने कुनै पनि सामाजिक वा राजनैतिक विवादहरु निवारण गर्न आवश्यक महसुस भएमा मध्यस्तकर्ता वा समन्वयकारीको भूमिका निर्वाह गर्ने ।
-अन्य स्वायत्त राज्यहरुको प्राज्ञिक समूहहरुसँग वा केन्द्रीय प्राज्ञिक परिषद् / समाजसँग सम्बन्ध स्थापना गर्ने र आवश्यकताअनुसार सहकार्य गर्ने ।
लिम्बुवान प्राज्ञिक परिषद्को संरचना
-केन्द्रीय स्तरको एक सल्लाहकार समिति / परिषद् हुनेछ ।
-केन्द्रीय कार्यकारी परिषद् हुनेछ ।
-केन्द्रीय कार्यकारी परिषद्को विभिन्न शाखाहरु हुन सक्नेछ ।
-दश लिम्बुवान अर्न्तर्गत क्षेत्रीय प्राज्ञिक परिषद्हरु हुनेछन् ।
-सल्लाहकार, केन्द्रीय कार्यकारी परिषद् र क्षेत्रीय कार्यकारी परिषद्का पदाधिकारीहरुको चयन विधानबमोजि हुनेछ ।
-आवश्यक सल्लाह र सुझाव दिएर यस अवधारणापत्रलाई पूर्ण रुप दिन यहाँहरुबाट अमूल्य सहयोग हुने विश्वासका साथ
डा.युवराज तेयुङ लिम्बू yrlimbu@yahoo.com
विक्रम सुब्बा ingwaba2005@gmail.com
बालकृष्ण माबुहाङ, chumlung@wlink.com.np
नविन सुब्बा nabinsubba@hotmail.com
अर्जन लिम्बू chumlung@wlink.com.np
शङ्कर सुब्बा
रमेशकुमार लिङ्देन canvasbhs@yahoo.com
कमल थोक्लिहाङ kthoklihang@yahoo.com
अमर तुम्याहाङ amartumyahang@yahoo.co.uk

No comments: