News

May 12, 2008

राजा ज्ञानेन्द्रले कुनै हालतमा नेपाल छाडेर नजाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
राजावादी पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा ज्ञानेन्द्रले आफूसँगको भेटमा कुनै हालतमा मुलुक नछाड्ने दृढता ब्यक्त गरेको बताएका छन् । राजा ज्ञानेन्द्रले कुनै हालतमा नेपाल छाडेर नजाने कुरा आफूसँग भनेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । बैशाख ३० गते रिपोर्टस क्लवमा उपस्थित संचारकर्मीसँग कुरा गर्दै उनले संविधानसभा चुनावबाट राजतन्त्र बिरोधी दलहरुले अत्याधिक स्थान जिते पनि राजामा बिचित्र आत्माबिस्वास देखिएको र त्यसले आफूलाई आश्चर्यमा पारेको उल्लेख गरे । अन्तरिम संविधानमा संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रबारे निर्णय गरिने उल्लेख छ तथा संविधानसभा चुनावमा राजतन्त्र बिरोधी राजनीतिक दलहरुले अत्याधिक स्थानमा जितेका छन् ।
कार्यक्रममा बोल्दै थापाले संविधान पूरै नलेखिएसम्म राजतन्त्रबारे निर्णय गरे मुलुकमा ठूलो दुर्घटना निम्तिनसक्ने चेतावनी दिए । मुलुकका राजनीतिक दलहरुलाई संविधान पूरै लेखिएपछि मात्र राजतन्त्रबारे निर्णय गर्न पनि थापाले आग्रह गरे । संविधान पूरै लेखिन दुई वर्ष लाग्ने आजै अन्तरिम संसदका सभामुख सुवास नेम्वाङले बताएका छन् । प्रचण्डलगायत राजनीतिक दलका नेताहरुसँगको वार्तामा पनि आफूले यस्तै आग्रह गरेको उनले दावी गरे ।

No comments: