News

May 15, 2008

सरकार र यातायात व्यवसायीबीच शुक्रबार राजधानीमा वार्ता हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
सरकार र यातायात व्यवसायीबीच भोलि शुक्रबार राजधानीमा वार्ता हुने भएको छ । सुरक्षाको प्रत्याभूति, संविधानसभामा उचित प्रतिनिधित्व लगायतका विभिन्न नौ सूत्रीय माग राखी पूर्वका चार अञ्चलमा यातायात ठप्प पारेका व्यवसायी र सरकारका प्रतिनिधिबीच बिहीबार भएको अनौपचारिक कुराकानीमा वार्ता गर्ने सहमति भएको हो । मेची, कोसी, सगरमाथा र जनकपुर अञ्चलमा यातायात बन्द गर्दै आएका व्यवसायीले बिहीबारदेखि नारायणी अञ्चलमा पनि यातायात बन्द गराएका छन् ।सरकारले आन्दोलन फिर्ता लिइ वार्तामा बस्न आग्रह गरेको हो । श्रम तथा यातायात मन्त्री रमेश लेखकका अनुसार यातायात व्यवसायीका प्रतिनिधिसँग यस्तो आग्रह गरिएको साथै शुक्रबार दिउँसो वार्ता गर्ने सहमति भएको जानकारी दिनुभएको छ । बिहीबारै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले यातायात व्यवसायीका समस्याको समाधान खोज्न निर्देशन दिनुभएको थियो । यसैगरी व्यवसायीले माओवादी अध्यक्ष प्रचण्डसित भेटी समस्या राखेका थिए । प्रचण्डले बन्द फिर्ता लिइ समाधान खोज्न पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

No comments: