News

May 10, 2008

यौन सम्पर्क नगर्ने श्रीमानको लिङ्ग हसियाँले काटेर हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
काठमाडौं । आफ्नो अतृप्त यौन यौन इच्छा पूरा गर्न नसक्ने श्रीमानको सिन्धुपाल्चोककी एक महिलाले लिङ्ग काटेर हत्या गरेकी छिन् । प्राप्त समाचारअनुसार मातातीर्थ औंसी सकेर माइतीबाट बिहीबार घर फर्किएकी हैवुङ-६ टुल्कुकी २३ वर्षीया सुनमाया तामाङले राती यौन सर्म्पर्क गर्न २२ वर्षीय श्रीमान गणबहादुर तामाङ आग्रह गरेको तर श्रीमानले यौन सम्पर्क गर्न अनिच्छा जनाउपछि यौन उन्मादले मद्होस भएको श्रीमतीले आक्रोशमा आई हसियाँले लिङ्ग काटेर हत्या गरेकी हुन् । सुनमायाले हँसियाले रेट्दा लिङ्गको केही भाग काटिएपछि गम्भीर घाइते भएका गणबहादुरको केही बेरपछि घटनास्थलमै मृत्यु भएको हो । हत्यापछि सुनमाया फरार भए पनि शुक्रबार प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय मेलम्चीमा राखेको छ । मृतक गणबहादुरको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य चौकीमा लगिएको छ ।

No comments: