News

May 9, 2008

कोइरालाले आफ्नै कारण पार्टी पराजय भएको स्वीकार गरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधानसभा निर्वाचनमा आफू सक्रिय नहुँदा पार्टी पराजय भोग्नुपरेको बताएका छन् । जिल्लाबाट काठमाडौं आएका पार्टी सभापतिहरूसँग भेट गर्दै प्रधानमन्त्री कोइरालाले पार्टी ऐतिहासिक पराजयको कारण अब आफू बाँचुन्जेल पार्टी राजनीतिमा सक्रिय रहने बताउनुभएको छ । निर्वाचनको समक्षा र पार्टी कार्यकर्तामा बढेको असन्तुष्टिका विषयमा पार्टी सभापतिहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले आफ्नै कारण पराजय भएको स्वीकार गरे । पार्टी सभापतिहरूले पार्टी एकीकरण भए पनि भावनात्मक एकीकरण नभएको दाबी गर्दै पुनर्गठन गरी सक्षम व्यक्तिहरूलाई कार्यसमिति ल्याई काम गर्न सुझाव दिएको बताइन्छ । सभापतिहरूले युवा नेतृत्वलाई नेतृत्वमा ल्याउनुपर्ने सुझाव दिएको छ ।प्रधानमन्त्रीले निर्वाचनमा टिकट पुराना अनुहारलाई दिएको विभिन्न लान्छना लागेका मानिसलाई चुनावमा उठाएको पुराना अनुहारलाई पुनः ल्याएकाले पराजय भोग्नुपरेको बताएको बुझिएको छ ।

No comments: