News

May 17, 2008

नेपालको शान्ति प्रक्रियामा अझै पनि चुनौती बाँकी - राष्ट्रसंघका महासचिव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले नेपालको शान्ति प्रक्रियामा अझै पनि चुनौती बाँकी रहेको र यस्तो चुनौतीलाई सफलतापूर्क सामना गर्न नेपालीहरु सक्षम रहेको बताउनुभएको छ । संविधानसभा निर्वाचन सम्पन्न भएपछि पनि नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्नुअघि चुनौती बाँकी रहेको उहाँको भनाइ रहेको छ । नेपालको शान्ति प्रक्रियाबारे चौमासिक प्रतिवेदन सार्वजनिक गर्दै वानले यस्तो बताउनुभएको हो ।संविधानसभा निर्वाचन सम्पन्न हुनु शान्ति प्रक्रियाको मार्गमा कोसेढुंगा भएको तर वास्तविका समस्या बाँकी नै रहेको भन्दै उहाँले यस्तो धारणा राख्नुभएको राष्ट्रसंघीय सूचना केन्द्रले जनाएको छ । महासचिव वानको प्रतिवेदनमा नेपालमा कायम रहेको अनमिनको समय थपिने अपेक्षा नगरिएको उल्लेख भएको जनाइएको छ । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु र आर्थिक-सामाजिक विभेदको अन्त्य गर्नु नेपालका आगामी दिनका चुनौती रहेको उहाँको ठम्याइ छ ।

No comments: