News

May 16, 2008

सभासदहरुलाई आगामी जेठ १४ गते सपथ गराइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
संविधानसभाका सभासदहरुलाई आगामी जेठ १४ गते सपथ गराइने भएको छ । जेठ १५ गतेदेखि संविधानसभा वैठक बस्दैछ । सातदलको उच्चस्तरीय कार्यदलको बैठकले १४ गते संविधानसभाका सदस्यलाई सपथ गराउनुपर्ने सिफारिस गरेको हो ।शान्ति तथा पुननिर्माण मन्त्रालयमा बिहीबार बसेको कार्यदलको बैठकपछि कार्यदल सदस्य एवं माओवादी नेता डा.बाबुराम भट्टराइले जेठ १५ गतेको संविधानसभाको पहिलो बैठकको कार्यविधि तथा राजनीतिक एजेन्डा सबै दलसँग छलफल गरी ल्याइने जानकारी दिनुभयो । बैठकले सभासद्मध्ये ज्येष्ठ सदस्यले पहिलो बैठकको अध्यक्षता गर्ने निर्णय समेत गरेको छ ।

No comments: