News

May 11, 2008

दार्जिलिङमा प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,दार्जिलिङ,
वैशाख २८ - आफ्नो पार्टी महासचिव रोशन गिरीसहित केही केन्द्रीय पदाधिकारीमाथि प्रहरीमा झूटो उजुरी दर्ता भएको भन्दै गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) को दार्जिलिङ टाउन कमिटीले शनिबार विरोध प्रदर्शन र जनसभा गरेको छ ।
सिलिगुडीमा एक महिनाअघि भएका बम विस्फोटका घटनामा गोजमुमोका गिरीसहित अन्य पदाधिकारी संलग्न रहेको दाबी गर्दै मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा) कार्यकर्ताले प्रहरीमा उजुरी गरेको विरोधमा गोजमुमो कार्यकर्ताले विरोध जनाएका हुन् ।
'गोर्खाल्यान्ड' अंकित झन्डा, तुल र व्यानर बोकेर चोकबजारमा भेला भएका गोजमुमोका सयौं कार्यकर्ता दार्जिलिङ सहर परिक्रमा गरी चौरस्तामा आयोजित विरोधसभामा सहभागी भएका थिए । सभामा महिलाको सहभागिता बढी थियो ।
सभालाई गोजमुमो युवा मोर्चा महासचिव पुरन थामी, टाउन कमिटी अध्यक्ष दिनेश गुरुङ, नारी मोर्चा प्रमुख आशा गुरुङ, केन्द्रीय सदस्य इशामणि पाख्रिनलगायतले सम्बोधन गर्दै आफ्ना पदाधिकारीमाथि झूटो उजुरी फिर्ता लिन माकपा कार्यकर्तालाई चेतावनी दिएका छन् ।

No comments: