News

May 11, 2008

आनन्दीदेवीलाई पटना लगिएको खुलासा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,

विगत दुइ हप्तादेखि अपहरणमा परेकी भनिएकी नेपाल सद्भावना पार्टी(आनन्दीदेवी) की अध्यक्ष आनन्दीदेवी सिंहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री श्यामसुन्दर गुप्ताले उपचारका लागि भारतको पटना पुर्याएको रहस्य खुलेको छ। सो पार्टी नेता खुसीलाल मण्डलसहितको टोलीले शनिबार प्रधानमन्त्रीनिवास बालुवाटार घेराउ गरी अध्यक्ष सिंहको खोजी गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको थियो।प्रधानमन्त्रीले तत्काल अध्यक्ष सिंहको खोजी गर्न गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई निर्देशन दिनुभएको थियो। गृहमन्त्री सिटौलाले तत्काल प्रहरी परिचालन गरी सिंहको खोजीलाई तीव्र बनाएपछि मन्त्री गुप्ताको बानेश्वरस्थित घरमा अध्यक्ष सिंह चढ्ने गाडी प्रहरीले फेला पारेको थियो।मन्त्री गुप्ताको घर प्रहरीले तलासी गरेपछि अध्यक्ष सिंहको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाले उपचारका लागि पटना लगेको मन्त्री गुप्ताका नातिले प्रहरीलाई जानकारी दिएका थिए।प्रहरीले अध्यक्ष सिंहलाई पटना लगिए-नलगिएका बारेमा भारतीय अधिकारीसँग बुझने काम गरिरहेको बताइएको छ।

No comments: