News

May 14, 2008

कोइरालाले संवेदनशील अवस्थामा जथाभावी नबोल्न चेतावनी माओवादीलाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मुलुक अत्यन्त संवेदनशील अवस्थामा रहेको बेला जथाभावी बोल्दा शान्ति प्रकृयामा असर पर्न सक्ने चेतावनी दिएका छन्।देश
संक्रमणबाट गुज्रीरहेको बेला सानो गलत कदमले मात्रै पनि शान्ति प्रकृया अवरुद्ध हुन सक्ने भएकाले सबैलाई संयमीत भएर बोल्न प्रधानमन्त्री कोइरालाले आग्रह गरेका छन् ।कोरिया सरकारको सहयोगमा निमार्ण हुन लागेको सूचना प्रविधि सम्बन्धी भवनको िसंहदरवारमा जेठ १ गते शिलन्यास गर्दै प्रधानमन्त्रीले त्यस्तो चेतावनी दिएका हुन् ।विगत केही दिनदेखि माओवादी नेतृत्वबाट आएको भनाई तर्फ इंकित गर्दै प्रधानमन्त्रीले भने 'यो धम्कीको भाषा बोल्ने समय हैन । सबै कुरा सहमती बमोजिम हुनुपर्छ ।'हिजो मात्रै पोखरामा माओवादी वरिष्ठ नेता डा।बाबुराम भट्टराईले सरकारको नेतृत्वमा माओवादी वाहेक अरु दलका नेता बसीरहे घोक्राएर निकाल्ने बताएका थिए ।भवन शिलन्यास कार्यक्रममा बोल्दै विज्ञान तथा प्रविधि मन्त्री फरमुल्लाह मन्सुरले सरकारी दस्तावेज तथ्याङ्कलाई विद्युतीय सूचना केन्द्रमा अभिलेखिकृत गर्न मद्दत पुग्ने बताए ।िसंहदरवार स्थित
गृहमन्त्रालयसँगै निमार्ण गरिन लागेको सो दुईतले भवनको लागि कोरिया सरकार रकोरिया अन्तराष्ट्रिय सहयोग नियोगले २३ करोड सहयोग गर्ने भएको छ ।नेपालका लागि कोरियाली राजदुत साङ जुङले कोरियाको तर्फबाट सहयोगको शुरुवात मात्रै भएको बताए । उनले भक्तपुरको ठिमी हस्पिटल बुटवलको टेक्निकल ट्रेनीङ्ग सेन्टर र भैरहवा विमान स्थलको लागि समेत कोरियाले सहयोग गर्ने जानकारी दिए ।

No comments: