News

May 7, 2008

गोर्खाल्यान्डको जनसभा सिलिगुडीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,सिलिगुडी, वैशाख २४
आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले बुधबार सिलिगुडीमा गोर्खाल्यान्डको माग गर्दै विशाल जनसभाको तयारी गरेको छ । हजारौं संख्यामा गोर्खाल्यान्ड र्समर्थकलाई सभामा उपस्थित गराउने सम्पूर्ण तयारी पूरा भइसकेको गोजमुमो नेतृत्वले जनाएको छ । पश्चिमबंगाल राज्यसरकारले ३ दिनसम्म आमरण अनशन र प्रदर्शनपछि स्थानीय इन्दिरा गान्धी मैदानमा जनसभाको अनुमति दिएको छ । यसलार्इर्र्गोजमुमोले 'ऐतिहासिक सभा' को संज्ञा दिएको छ । '३ लाख र्समर्थक उतार्ने योजना छ,' गोजमुमो महासचिव रोशन गिरीले कान्तिपुरस“ग भने, 'सिलिगुडीमा पहिलोपटक हुन लागेको सभा ऐतिहासिक हुनेछ ।' दार्जीलिङ, डुवर्स, कालिम्पोङ, कर्सियाङ, मिरिक र सिक्किमका नेपालीभाषी र आदिवासीको सभामा सहभागिता रहने गोजमुमो प्रचार सचिव विनय तामाङले बताए । उनका अनुसार गोर्खाल्यान्डको र्समर्थन गर्दै ग्रेटर कोचविहार युनाइटेड फोरम र ग्रेटर कोचविहार डेमोक्रेटिक पार्टी अगुवा नेता र र्समर्थक तथा कामतापुर पिपल्स पार्टी नेतासमेत सभामा उपस्थित हुनेछन् । यसैगरी, पश्चिमबंगालमा सत्तारुढ मार्क्सवादी कम्युनिस्ट पार्टी बाहेकका बामघटकका नेतालाई समेत आमन्त्रण गरिएको छ । सिपिबी एमएलएम-लिवरेसन लगायत बामघटकले गोर्खाल्यान्डको र्समर्थन गर्दै आएका छन् । जनसभालाई मध्यनजर गरेर यहाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । बुधबार ४ प्लाटुन सुरक्षाकर्मी परिचालन गरिने जानकारी सुरक्षा अधिकारीले दिएका छन् । सभा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न गोजमुमोले गोर्खाल्यान्ड र्समर्थकलाई १९ सुत्रीय निर्देशन जारी गरेको छ । गत अप्रिल २० देखि गोजमुमोले तर्राई-डुवर्स अभियान सुरु गरेको हो ।

No comments: