News

May 15, 2008

अमेरिकाले माओवादीलाई आतंककारीको सूचीमा नराखेको जनाउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
शान्ति प्रक्रियामा आइसकेको अनि संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएको नेकपा माओवादीलाई अब अमेरिकाले आतंककारीको सूचीबाट कहिले हटाउला भन्ने जिज्ञासा सर्वत्र भइरहेका बेला नयाँ कुरा सार्वजनिक भएको छ । अमेरिकाले माओवादीलाई आफूले कहिल्यै पनि आतंककारीको सूचीमा नराखेको जनाउ दिएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टम क्यासीले माओवादीलाई भीसा लगायतका आन्तरिक कामका लागि मात्रै आतंककारीको सूचीमा राखेको जानकारी दिंदै यो खुलासा गरेका हुन् ।मानवीय कार्यक्रमको निरन्तरताका लागि मात्रै नेपालका लागि अमेरिकी राजदूत न्यान्सी जे पावेलले माओवादी अध्यक्ष प्रचण्डसित भेटवार्ता गरेको समेत उनले बताएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाए अनुसार सरकारमा सहभागी व्यक्तिहरुको व्यबहार हेरेर सम्बन्ध तय गरिने समेत क्यासीले जानकारी दिएका छन् ।

No comments: