News

May 15, 2008

पाच मिनेटमै विवाह सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,रौतहट,
जेठ १ - पाच मिनेटमै विवाह सम्पन्न भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । यहाको एक गाउमा आयोजित भागवत सप्ताह महायज्ञमा कथा सुन्दासुन्दै एक जोडीले बुधबार एक्कासि विवाह गरेर सबैलाई चकित तुल्याइदिए । न बाजागाजा, न जन्ती, न त दाइजो र विवाह सामग्री नै । भागवत कथा सुन्न आउने भक्तजनलाई साक्षी राखी दुवै जना विवाह बन्धनमा बाधिए । अचम्म यसकारणले पनि भयो कि न त उनीहरूको यो प्रेम विवाह थियो न त मागी विवाह नै । चन्द्रनिगाहपुर गाविसको गैंडाटार गाउ“मा लगाएको श्रीमद्भागवत महायज्ञमा पण्डित राधव उपाध्यायले प्रवचन सुनाउदा-सुनाउदै एक जोडीले सप्ताहस्थलमा विवाह गर्न चाहेको बताएपछि सबै श्रद्धालु चकित भएका थिए । 'दुवैको पाच मिनेटमै विवाह सम्पन्न भयो,' स्थानीय राजु धामीले बताए । एक्कासि दाम्पत्य जीवनमा बाधिन पुगेका थिए गैंडाटारकै करन धामी र माया धामी । यज्ञमा दुवैले हातमा अगरबत्ती समातेर पूजा गर्दै एकअर्कालाई जीवनसाथीका रूपमा स्वीकारेपछि विवाह सम्पन्न भएको थियो । उनीहरूको यस किसिमबाट विवाह भएकोमा अभिभावकहरूसमेत छक्क परेका थिए । उनीहरूको विवाहमा न जन्ती चाहियो न त खर्च नै ।
सबै भक्तालु श्रद्धालुको उपस्थिति नै उनीहरूको विवाहको साक्षी बन्यो । बर्समा आउने चादी नदीको बाढीले गाउ तर्फकटान हुन थालेपछि नदी नियन्त्रण गर्न उपभोक्ता समिति र हाम्रो युवा क्लबको पहलमा आर्थिक संकलन जुटाउन चन्द्रनिगाहपुरको गैंडाटारमा महायज्ञ भागवत सप्ताह मंगलबारबाट लगाइएको हो ।

No comments: