News

May 11, 2008

पहिलोपटक कार्यकर्ताद्वारा प्रचण्डको पुतला दहन अध्यक्ष पद छोड्न नाराबाजी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
केन्द्रीय नेताले अपवादका रूपमा अध्यक्ष प्रचण्डको विरोध गर्दै नेकपा (माओवादी) बाट बाहिरिएका भए पनि कार्यकर्ता पंक्तिबाट अध्यक्ष प्रचण्डको विरोध गर्ने आँट कसैले गरेका थिएनन् ।भूमिगत कालमा नेतृत्वको विरोध गर्ने वित्तिकै 'गद्धार' को आरोप लगाउँदै श्रमशिविरमा पठाउने की अन्य भौतिक कारबाही गरिएको दृष्टान्त सुनिँदै आएको सर्न्दर्भमा असन्तुष्टिका स्वरहरू दबिएर बसेका थिए । सायद वर्षौदेखि गुम्सिएर बसेको आवाज पार्टी सत्तामा जान खोज्दै गर्दा विस्फोट भएको आशंका गर्न सकिन्छ । यसैक्रममा शनिबार नेकपा माओवादीका अध्यक्ष प्रचण्डको इतिहासमा पहिलोपटक कार्यकर्ता तहबाटै पुतला दहन भएको छ ।प्राप्त समाचारअनुसार प्रचण्डले पार्टीलाई मनपरी ढंगले सञ्चालन गरेको तथा रौतहट जिल्लाबाट समानुपातिक तर्फएउटा पनि सभासद् मनोनीत नगरिएको भन्दै रौतहटको दर्जनभन्दा बढी स्थानमा कार्यकर्ताले प्रचण्डको पुतला जलाएको बताइएको छ ।जिल्लाको शिवनगर, कटहरिया, वंकुल, शुकदेव, गौरलगायतका स्थानमा 'प्रचण्ड मूदावाद' माओवादी जिन्दावाद, अध्यक्ष पद छाड्लगायतका नारा लगाउँदै प्रचण्ड र माओवादी विधायक एवं मधेसी नेता प्रभु साह तथा इन्चार्ज हरिभक्त कँडेलको पुतला जलाएका थिए । खुल्ला राजनीतिमा प्रवेश गरेपछि मधेसी जनअधिकार फोरमसँगको भिडन्तमा दुइ दर्जनभन्दा बढी माओवादी कार्यकर्ताको हत्या भएको रौतहटबाट समानुपातिकतर्फमधेसका जिल्ला मध्ये सबैभन्दा बढी मत परेको थियो । यसअघि शुक्रबार सदरमुकामस्थित पार्टी र्यालय घेराउ गरिएको थियो ।नेतृत्वले मनपरी ढंगबाट सभासद् मनोनयन गरेको सम्बन्धमा माओवादी भित्र भूसको आगोझैं दन्किएको छ । उक्त आगोले र्सलाहीमा पनि भीषण रुप धारण गर्दै छ । र्सलाहीकी एक सहिद पत्नीलाई हटाएर अर्कैलाई सभासद्मा मनोनीत गरिएको विरोधमा र्सलाहीका कार्यकर्ताले नेताहरूको पुतला दहन मात्रै होइन पार्टी कार्यालय नै आगजनी गरेका छन् ।कहिले राख्ने, कहिले हटाउने गरेर सहिद परिवारको अपमान गर्नुका साथै मानसिक यातना दिएको विरोधमा र्सलाहीका कार्यकर्ता आक्रोसित भएका हुन् । समानुपातिकको सिटमा सभासद् मनोनीत गर्ने सम्बन्धमा नेतृत्वले गरेको लापरबाहीका कारण अन्य कयौं जिल्लासमेत नेतृत्वका विरुद्ध आक्रोश पोखिएको छ । सभासद् मनोनीत गर्ने क्रममा देखिएको त्रुटिका कारण पहिलोपटक माओवादी नेतृत्वप्रति कार्यकर्ताको आक्रोशले कति क्षति पुर्‍याउने हो हेर्न बाँकी नै छ ।

No comments: