News

May 13, 2008

राजा नहटाउन चेतावनी, भट्टर्राईको अन्तिम प्रयास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
माओवादीले राजाका निकटस्थ व्यक्तिहरूलाई भेटेर राजाको स्वेच्छिक वहिर्गमन चाहे पनि राजा सजिलै नहट्ने खबर माओवादी पाएका छन् । हिजो बिहान प्रचण्डसँग भेटे लगत्तै राजाका दु्रतका रूपमा प्रस्तुत भएका शाही मन्त्री कमल थापाले राजतन्त्रको अन्त्य भए मुलुकमा दुर्घटना हुन सक्ने चेतावनी दिएका छन् । रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा थापाले संविधान निर्माण अगावै राजतन्त्रको अन्तय गर्न नहुने धारणा राखे । उनले आफू राजा र माओवादी अध्यक्ष प्रचण्डबीचको सर्म्पर्क सूत्रको रूपमा काम गरेको स्वीकार गर्दै प्रचण्डसमक्ष पनि सोही कुरा राखिदिएको बताए । अहिलेको अवस्थामा पनि राजालाई आफूलाई हटाउँदैनन् भन्ने पूर्ण आत्मविश्वास रहेको भन्दै पत्रकारहरूको प्रश्नको जवाफमा आत्मविश्वास हुनुलाई कसरी बुझ्ने आफैं अनुमान गर्न थापाले भने ।थापाले केही समययता माओवादी जिम्मेवार बन्दै गएकाले हावाको भरमा राजा हटाउने निर्णय गर्न नसक्ने भन्दै सरकार माओवादीकै नेतृत्वमा बन्नुपर्ने बताए । उनले पार्टी भित्रकै केही केन्द्रीय सदस्यहरूले राजाको पक्षमा अब जान नहुने भन्ने आवाज उठाएपछि केन्द्रीय समिति भंग गरेका थिए ।यसैबीच केही समय चुप बसेका कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टर्राईले राजतन्त्रलाई मास्न नहुने धारणा राख्नुभएको छ । हिजो एक प्रेश वक्तव्य मार्फ भट्टर्राईले पूर्ण रूपमा संवैधानिक बनाएर राख्न आग्रह गर्नुभयो । संकट बढाएर मुलुकलाई विखण्डनतर्फलैजान नदिन पनि राजालाई परम्परागत व्यवस्थाका रूपमा पूर्ण संवैधानिक बनाउनु आवश्यक रहेको दाबी गर्नुभयो । प्रेश विज्ञप्तिमा उग्र गणतन्त्रको नाराले असान्दर्भिक बनाउने प्रयास सबैका लागि दुःखपूर्ण हुन जाने चेतावनीको शैलीमा भट्टर्राईले आफ्ना साथी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राष्ट्रिय मेल मिलापको नीति अवलम्बन गरी गहकिलो कदम चाल्ने विश्वास व्यक्त गर्नुभएको छ । पटकपटक राजावादीहरूको जमघट गर्दै राजाको पक्षमा जनमत खडा गर्ने प्रयास एवं वक्तव्यवाजी गर्दै आएका भट्टर्राईले संविधानसभाको पहिलो बैठकले राजाको विषयमा निर्णय गर्नै लाग्दा वक्तव्यमार्फ् राजतन्त्रको पक्षमा आवाज उठाएका छन् । आगामी जेठ १५ गते बस्ने संविधानसभाको पहिलो बैठकले कस्तो निर्णय गर्ने हो त्यो भने हेर्न बाँकी रहेको छ ।

No comments: