News

May 17, 2008

आपसी सहमति र सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड कोइरालाको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,

संविधानसभामा जनताले दिएको जनादेश अनुसार सहमतिको संस्कृति निर्माण गरेर अघि बढ्नुपर्ने अवस्था रहेको प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बताउनुभएको छ । मुलुक अब समावेश स्वरुपको भएकाले सहमतिको संस्कृति निर्माण गर्नु आवश्यक रहेको उहाँको भनाइ छ । हिमाल मिडियाको दशौं वार्षिकोत्सव अवसरमा राजधानीमा आयोजित फोटो प्रदर्शनीको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले शनिबार यस्तो बताउनुभएको हो ।जनआन्दोलनदेखि संविधानसभासम्मका फोटोहरुको प्रदर्शनी हिमाल मिडियाले आयोजना गरेको हो । त्यस अवसरमा प्रधानमन्त्रीले अहिलेको अवस्थामा कसैले पनि एक्लै सरकार चलाउँछु भन्ने धारणा राख्नु नहुने भन्दै आपसी सहमति र सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । जनआन्दोलनमा नेपाली प्रेसले गरेको महत्वपूर्ण भूमिकाको प्रशासंसा गर्दै आगामी दिनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न उहाँले आग्रह गर्नुभयो ।

No comments: