News

May 11, 2008

हिमाली लोकतन्त्रिक गणतन्त्रिक नागरिक मन्चको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
२९ बैशाखका दिन कमलादी स्थित् हिहोटल रोयल सिङ्घिमा "हिमाली लोकतन्त्रिक गणतन्त्रिक नागरिक मन्च"को आयोजनमा एक छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। मन्चका अध्यक्ष श्री वाङ्ग्छे शेर्पाको अध्यक्षतमा सुरु भएको सो कार्यक्रममा प्रस्तावित हिमाली स्वयत्त प्रदेश भित्रका पुर्व ताप्लेजुङ्ग् देखि पश्चिम दार्चुला ब्यास सम्मको हिमाली आदिबासीहरुको उल्लेखनिय उपास्थिति रहेको थियो भने बिभिध क्षेत्रबाट आउनु भएको धर्म गुरु ज्युहरु, बुद्धि जिवि, नगरिक मन्चका अघुवाई हरु र हिमाली क्षेत्रको बिषयलाई बिशेष महत्वको साथ हेर्नु हुने 'मसाचुसेत् बिस्व बिधालय अमेरिकाको प्रध्यापक डा स्टान स्टेभेन्सको बिशेष उपास्थिति रहेको थियो। यस बैठकको मूल उद्देश्य नागरिक मन्चलाई क्षेत्रियगत्, समुहगत,लैङ्गिक, धार्मिक सबै क्षेत्रबाट अगामी हुना गै रहेको राष्ट्रिय सम्मेलनमा प्रभावकारी रुपमा सहभागि गराउन र एतिहाँसिक सम्बिधान् सभा निर्वाचनमा हिमाली स्वयत्त क्षेत्रबाट बिजय भएर आउनु भएको प्रतिनिधिहरुलाई आउदो शनिबार स्वागत गर्ने कार्यक्रमको छलफलको लागी पनि बैठकको आयोजना गरेको मन्चका सचिव श्री आङ् काजि शेर्पा 'किसान'ले बताउनु भयो। यसै गरि आउदो ज्येष्ठा महिनाको १८,१९ र २० गते काठमाण्डौमा हुने भनेको राष्ट्रिय सभाको तैयारीको लागी समय अलि अपुग र नागरिक मन्चले मात्र सम्भाव नदेखिएकोले आवद्ध सम्पुर्ण मन्च, सङ्घ्, संगठनसांग समन्वय गरेर एक शक्तिशाली कार्यदल गठन गरेर सम्पन्न गर्ने लक्षा रहेको बताउनु हुन्छ मन्चका सचिव श्री आङ् काजि शेर्पा। जलपन सहित सम्पन्न सो कार्यक्रमको सम्पुर्ण ब्यवस्थापन नागरिक मन्चका सदस्य मनाङ् निवासी श्री कपिल घलेले निशुल्क गर्नु भएको थियो।

No comments: