News

Nov 3, 2008

हवीप विवाद यथावत् अझै पनि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ संविधान निर्माणको प्रक्रिया प्रारम्भ गर्नुअघि आवश्यक पर्ने संविधानसभा नियमावलीको मस्यौदाले अझै नियमावलीको रूप पाउन सकेको छैन। मस्यौदा कमिटीले पार्टी हवीप लगाउन पाउने/नपाउने विषयमा बाहेक अन्य सबै विषयमा टुंगो लगाइसकेको छ। तर समितिको बैठक नै केही समययता बस्न नसक्दा नियमावली अलपत्र परेको छ।सभामुख सुवास नेम्वाङले राजनीतिक दलका नेताहरूसँग अनौपचारिक कुराकानी गरिरहनुभएको भए पनि हवीपको विषयमा समितिको बैठक बस्नुअघि प्रमुख राजनीतिक दलका शीष नेताहरूबीच सहमति बन्नुपर्ने आवश्यकता देखिएको सचिवालयले जनाएको छ।

No comments: