News

Jan 5, 2009

वैदेशिक रोजगारीका समस्याबारे बुझ्न कार्यदल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आर्थिक मन्दीले पार्ने प्रभावलाई न्यून गर्ने उद्देश्यले निरन्तर अध्ययन, अनुगमन र प्रक्षेपण गरी त्यसबारे जानकारी र सुझाव हप्तैपिच्छे श्रम तथा यातायात व्यवस्थामन्त्रालयलाई उपलब्ध गराउन वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । सरकारको निर्णय अनुसार गठित आठ सदस्यीय कार्यदलको कार्यालय वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कार्यालया रहने व्यवस्था गरिएको छ । कार्यदलका सदस्यमा वैदेशिक रोजगार विभागका निर्देशक उपसचिव, मन्त्रालयको वैदेशिक रोजगार शाखाका उपसचिव, परराष्ट्रमन्त्रालयका प्रतिनिधि, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधि, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार संघ, नेपाल वैदेशिक रोजगार गणतान्त्रिक संघ र नेपाल प्रगतिशील वैदेशिक रोजगार संघका प्रतिनिधि रहने मन्त्रालयले जनाएको छ ।

No comments: