News

Jan 6, 2009

वाणिज्य बैंकका गार्डको हत्या ४० लाख लुट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एक अज्ञात समूहले सिन्धुलीस्थित राष्ट्रिय वाणिज्य बैंकका गार्डको हत्या गरी आइतबार राति बैंकको ४० लाख रुपैंया लुटेको छ । प्रहरीका अनुसार बैंकका गार्ड गणेश श्रेष्ठको धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको छ । उनको साथमा बन्दुक बैंक भवन पछाडि लगेर फालिएको थियो । ४३ वर्षीय श्रेष्ठ सर्लाहीको जब्दी गाविसका हुन् ।निमित्त प्रहरी नायब उपरीक्षक भिमकिरण बोगटीका अनुसार लुटेराहरुले लगेको रकममध्ये ३ लाख रुपैंया बैंक आसपासबाट बरामद गरिएको छ । लोडसेडिङको मौका छोपेर बैंकमा लुट भएको हो । लुटिएको सय र ५० का पुराना नोट भएको बैंकले जनाएको छ ।प्रवन्धक विष्णुहरि खड्काका अनुसार मुख्य ढुकुटी लुटेराहरुले फोर्न नपाएको र दराजमा रहेको रकममध्ये पुराना नोट मात्र लगेका र अन्य कुनै सामान लगेका छैनन् । लुटेरा समूहको खोजीका लागि टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । लुट्ने कुनसमूह हो भन्ने खुलेको छैन । प्रहरीले भने लुटेराहरु स्थानीय हुनसक्ने अनुमान गरेको छ ।

No comments: