News

Jan 6, 2009

प्रधानमन्त्री दाहाल-कोइराला भेटवार्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाबीच भेटवार्ता भएको छ । भेटका अवसरमा पशुपतिनाथमा पुजारी नियुक्तिपछि बढेको विवाद, पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा कुराकानी भएको जनाइएको छ ।उक्त अवसरमा राजनीतिक दलहरूबीच विश्वासको वातावरण बनाउन र आपासी समझदारी वृद्धि गर्नुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिनुभएको कांग्रेस नेता डा. रामशरण महतले बताउनुभयो ।कोइराला निवास महाराजगन्जमा सोमबार भएको भेटमा सभापति कोइरालाले पशुपतिनाथको पूजारी विवाद समाधान गर्न, नेपाली काङ्ग्रेससँग भएका सरकारका सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको जनाइएको छ ।यसैबीच, राष्ट्रपति डा. रामवरण यादवसँग पनि प्रधानमन्त्री दाहालले भेट गर्नुभयो । भेटका अवसरमा उहाँहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

No comments: