News

Jan 5, 2009

संयुक्त किरात मंच स्थापना गर्ने निर्णय गर्दै अन्तरक्रिया सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त किरात मंच स्थापना गर्ने निर्णय गर्दै अन्तरक्रिया सम्पन्न गत ३ जनवरीका दिन किरात सुनुवार समाज वेलायतको आयोजनामा फान्ब्रो स्थित
ओकफार्म कम्युनिटी हलमा किरातजन्य समुदाय वीच आपसी सहयोग र सद्भावको लागि बृहत अर्न्तक्रिया सम्पन्न भएको भयो। किरात सम्प्रदाय अन्तर्गत जातिय उत्थान संस्थाहरु राई जातिको किरात राई याक्थुङयायोक्खा ,लिम्बू जातिको किरात
चुम्लुङ, सुनुवार जातिको किरात सुनुवार समाज र याख्खा जातिको किरात याक्खा छुम्मा वेलायतमा सक्रिय रहेका छन्। किरात अर्न्तगत अन्य जातिहरु पनि पर्दछन् यद्यपी मुख्य गरि यी चार जातिहरु उल्लेख्य संख्यामा रहेका छन्। कार्यक्रमको शुरुवात जर्मनीबाट पाल्नु भएका किरात भाषाविद डा. लाल रापचा सुनुवारले किरात भाषाहरु बीचको अन्तरसम्बन्धको बारेमा जानकारी गराउनु भएको
थियो भने अधिबक्ता चण्डिकाराज राईले नेपालको संघीय संरचनाको बारेका जानकारी दिनु भएको थियो। किरातजन्य संस्थाहरु बीच सामाजिक , सांस्कृतिक लगायत खेलकुद क्षेत्रमा भाइचारा सम्बन्ध विस्तार गराउने उद्देश्यले आयोजित कार्यक्रममा चुम्लुङका अध्यक्ष रिटायर्ड क्याप्टेन बम लिम्बू, उपाध्यक्ष कमला लिम्बू, महासचिव विजयविक्रम लिम्बू, सल्लाहकार डा. चन्द्र लक्सम्बा लगायतको
उपस्थिती रहेको थियो भने यायोख्खाको तर्फबाट अध्यक्ष रामधन राई, महासचिव पदम राई, सल्लाहकार श्रीमति गंगा राई लगायतको उपस्थिती रहेको थियो त्यस्तै
गरि सुनवार समाजका तर्फबाट महासचिव केदार सुनुवार, सहसचिव धर्मविक्रम सुनुवार लगायत विभिन्न विशिष्ट ब्यक्तित्वहरुको समेत उपस्थिती रहेको थियो। उक्त अर्न्तक्रिया कार्यक्रममा विगतमा भएका विभिन्न गतिविधिहरुको समिक्षा गर्दै साझा किरातहरुको मंच बनाउने सर्वसम्मति गर्दै धर्मविक्रम सुनुवारलाई संयोजकको रुपमा चयन गर्‍यो। उक्त मंचलाई पूर्णता दिन आगामी फेब्रुवरी ७ तारिखको दिन अर्को भेलागर्ने मिति पनि तोकिएको छ। अर्न्तक्रियाको अन्तमा डा . रापचालाई कार्यक्रमका सभापति रिटायर्ड मेजर टिकेन्द्रदल देवानले आभारपत्र प्रदान गर्नुभएको ।

No comments: