News

Jan 9, 2009

कमलरी प्रथा निषेध गर्न राष्ट्रसंघको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालस्थित राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयका प्रमुख रिचर्ड बेनेटले पश्चिम नेपालमा दास प्रथाका रूपमा रहेको कमलरी प्रथा निषेध गर्न, बेपत्ता कमलरीको खोजी गर्न तथा सो प्रथाबाट पीडित भएकाहरूको पुनस्थापनाका लागि ठोस कदम चाल्न नेपाल सरकारसँग आग्रह गर्नुभएको छ ।उच्चायुक्तको कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले थारु समुदायमा प्रचलित सो प्रथाको अन्त्य गर्ने कुनै ठोस कदम नचालेको कुरालाई कार्यालयले चिन्ताका साथ लिएको जनाइएको छ । कार्यालयले भनेको छ-गरिब थारू परिवारका किशोरीलाई निजी घरमा पठाउने र उनीहरू यौनशोषणलगायतका कठोर शोषणको जोखिममा पर्ने कमलरी प्रथालगायतको बालशोषण निषेध गर्ने विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन गर्न सर्वोच्च अदालतले २०६३ साल भदौ २५ गते दिएको आदेशका बाबजुद सो काम गरिएको छैन ।

No comments: