News

Jan 9, 2009

कैदीहरुबीच आपसमा भएको झडपमा २४ जना घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भैरहवास्थित जिल्ला कारागारमा बिहीबार कैदीहरुबीच आपसमा भएको झडपमा २४ जना घाइते भएका छन् । सिदावापत रकम, घरपरिवारका मानिससँग एक्लै भेट्न पाउनुपर्ने र कपाल पाल्न पाउनुपर्ने बन्दीहरूका मागका विषयमा बन्दी र बन्दीका नाइकेबीच छलफल भइरहेका बेला विवाद भइ झडप भएको हो ।झडपमा नाइकेमध्येका पाँच र अन्य बन्दी १९ गरी २४ जना घाइते भएको कारागार प्रशासनले जनाएको छ । गेटमा ताला लगाएर आपसमा कुटपिट गरेपछि प्रहरीले कारागार भवनको माथिल्लो भागबाट प्रवेश गरी घाइतेहरूको उद्धार गरेको थियो ।घाइतेहरूको स्थानीय भीम अस्पतालमा उपचार गरिएको छ भने बन्दीहरूका मागका विषयमा शुक्रबार छलफल हुने प्रशासन कार्यालयले जनाएको छ ।

No comments: