News

Jan 10, 2009

समानुपातिक मतका आधारमा स्थानीय निकाय गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्तारुढ प्रमुख दुइ दल नेकपा माओवादी र नेकपा एमाले संविधानसभामा दलहरुले प्राप्त गरेको समानुपातिक मतका आधारमा स्थानीय निकाय गठन गर्न सहमत भएका छन् । स्थानीय निकाय गठनको गृहकार्यका लागि गठित कार्यदलको शुक्रबार राजधानीमा बसेको बैठकमा सहमति भएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै स्थानीय विकासमन्त्री रामचन्द्र झाले छलफल सकारात्मक भएको र समानुपातिक मतलाई आधार बनाउनेसम्बन्धमा करिब/करिब सहमतिमा पुगिएको बताउनुभयो । बैठकमा सहभागी नेताहरुका बीचमा खासै असहमतिको कुरा छैन तर कार्यदलमा भएको सहमति पार्टीले मान्छ, मान्दैन त्यो भन्ननसकिने मन्त्री झाले उल्लेख गर्नुभयो ।

No comments: