News

Jan 10, 2009

नेपाली काङ्ग्रेससँगको सम्बन्ध सुदृढ हुँदै गएको - पुष्पकमल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काङ्ग्रेससँगको सम्बन्ध सुदृढ हुँदै गएको बताउनुभएको छ । चितवन महोत्सवको उद्घाटन गर्न शुक्रबकार चितवन पुग्नुभएका प्रधानमन्त्रीले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यस्तोलाई छोटो प्रतिक्रिया दिंदै यस्तो कुरा बताउनुभएको हो ।उहाँले सहमति र सहकार्यको विकल्प नभएको स्पष्ट पार्दै नेपाली काङ्ग्रेससँगको सम्बन्ध नबिग्रिएको उल्लेख गर्नुभयो । नेपाली काङ्ग्रेससँग विशेष छलफल गरी सहमतिको राजनीति अगाडि बढाइएको बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो- आफूले काङ्ग्रेसलाई प्रमुख शत्रु सम्झेको छैन । नेपाली सेनासँग कुनै विवाद नरहेको र सामान्य असमझदारी सुल्भिmसकेको उहाँको भनाइ थियो । सामान्य विवाद र अस्पष्टता रक्षामन्त्री र सेनापतिको भेटमा टुङ्गिसकेको छ- प्रधानमन्त्रीले भन्नुभयो । यसैबीच, उहाँले कार्यकर्तालाई निर्देशन दिंदै वामपन्थीहरुबीच नयाँ धु्रवीकरण भएको बताउँदै वर्तमान सरकार अझै पूर्ण क्रान्तिकारी नभएको स्वीकार गर्नुभयो ।

No comments: