News

Jan 11, 2009

अज्ञात समूहद्वारा जनकपुरमा पत्रकारको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आइतबार राति १५ जनाको समूहमा आएको अज्ञात समूहले जनकपुरमा कार्यरत पत्रकार उमा सिंहको हत्या गरेको छ । जनकपुर नगरपालिका- १४ रजौलमा रहेको पत्रकार सिंहको डेरामा पुगेर धारिलो हतियारले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । उनको शरिरको ठाँउठाँउमा काटेर हत्या गरिएको बताइएको छ । घाइते पत्रकार सिंहलाई थप उपचारको लागि काठमाडौँ ल्याउदै गर्दा बाटोमै मत्यु भएको हो । जनकपुरस्थित रेडियो टुडेमा कार्यरत पत्रकार उमा सिंहले तराईमा परम्परागत प्रथाको रूपमा रहेको दाइजोका विरुद्धमा समाचार लेख्दै आएका थिए । घटनामा सङ्लग्न भएको आशङ्कामा चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

No comments: