News

Jan 15, 2009

ज्वालासिंह सरकारसँग वार्ताका लागि तयार रहेको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराइमा संघर्षरत जनतान्त्रिक तराइ मुक्तिमोर्चाका अध्यक्ष ज्वालासिंहले आफूहरू सरकारसँग वार्ताका लागि तयार रहेको बताउनुभएको छ । उहाँले विगतमा पनि आफूहरू वार्ताको प्रयास बढाएको तर सरकार त्यसप्रति गम्भीर नभएको आरोप लगाउनुभएको छ ।फि्रडम फोरम विराटनगरद्वारा आयोजित संविधान निर्माण प्रक्रिया र मेधसका सशस्त्र मागहरू विषयक अन्तरक्रिया कार्यक्रममा अज्ञातस्थलबाट टेलिफोनमार्फत यस्तो जानकारी दिनुभएको हो । उहाँले आफूहरूको माग तराइलाई स्वतन्त्र गर्नु रहेको उल्लेख गर्दै नेपाल सरकार आफूहरूसँग वार्ता गर्न गम्भीर नभएको र मात्र वार्ताको नाटक गरिरहेको आरोप लगाउनुभयो ।उहाँले वार्ता समितिको सुरक्षा, आफ्ना कार्यकर्ताको झूट्टा मुद्दा खारेज, वार्ताका लागि युद्धविराम गर्न तथा सीताराम चौधरीलगायत पक्राउ परेका तीन कार्यकर्ताको रिहाइ गर्नुपर्ने सर्त राख्नुभएको छ । ज्वालासिंहले मधेसी जनताको थप अधिकारका लागि सबै मधेसवादी दलहरूसँग एक भएर जाने प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।उहाँले तराइ मुक्तिमोर्चा गोइत, संयुक्त जनतान्त्रिक तराइ मुक्तिमोर्चा-पवन र आफ्नो पार्टीसमेत एकीकरण प्रक्रियामा रहेको भन्दै एकीकरण अहिलेसम्म नभएको बताउनुभयो । यसअघि गोइत समूहका अध्यक्ष जयकृष्ण गोइतले भने विज्ञप्ति जारी गरी एकीकरण भइसकेको दाबी गरेका थिए ।

No comments: