News

Jan 15, 2009

दर्जनौं नेपालीहरु मलेसियामा बिचल्ली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कामका लागि गएका दर्जनौं नेपालीहरु मलेसियामा बिचल्लीमा परेका छन् । काठमाडौं नयाँ बानेश्वरस्थित नवदुर्गा मेनपावरबाट मलेरियाको क्यूपिसी टेक्नोलोजी कम्पनीमा कार्यरत ९६ जना नेपाली कामदारहरू चार महिनाअघिदेखि कम्पनीले पारिश्रमिक नदिएका कारण बिचल्लीमा परेका छन् ।ती कामदारहरूको भिसा नवीकरण नगरेकाले तरकारी किन्न पसल गएका एक कामदारलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे जानकारी दिंदा पनि उक्त कम्पनीले कुनै चासो नलिएको साथै कम्पनीका आधिकारिक व्यक्तिहरू कोही पनि सम्पर्कमा नआएका कारण कामदारहरूलाई दुइ छाक टार्नसमेत निकै गाह्रो भएको पिडितहरूले बताएका छन् । पिडित कामदारहरूले सहयोगका लागि मलेसियाका विभिन्न सङ्घसंस्था तथा नेपाली दुतावासलाई आग्रह गरेका छन् ।

No comments: