News

Jan 16, 2009

बस दुर्घटनामा तीनको मृत्यु, २२ घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काठमाडौबाट धनगढी जाँदै गरेको रात्रिबस बिहीबार बेलुका पृथ्वी राजमार्गको चितवन, फिस्लिङमा दुर्घटनाग्रस्त हुँदा तीनजनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । दुर्घटनामा दुइजना पुरुष र एक महिलाको मृत्यु भएको छ भने मृतकको सनाखत हुन सकेको छैन ।इलाका प्रहरी मुग्लिङका अनुसार ना३ख २९२ नम्बर बस नालीतर्फ पल्टिएको थियो । बसका घाइतेमध्ये २५ जनालाई भरतपुरतर्फ उपचारका लागि ल्याइएको छ भने बाँकी अन्य घाइतेको स्थानीय क्लिनिकमा उपचार भइरहेको पंरहरीले जनाएको छ ।

No comments: