News

Jan 15, 2009

पत्रकार उमा सिंहलाई सहिद घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं /सन्तोष लिम्बू
नेपाल सरकारले चार दिनअघि अज्ञात समूहद्वारा हत्या गरिएकी पत्रकार उमा सिंहलाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पत्रकार सिंहलाई सहिद घोषणा गर्दै परिवारजनलाई क्षतिपूर्तिस्वरुप रु.दश लाख उपलब्ध गराउने निर्णय गरेको छ । बैठकपछि सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले दिनुभएको जानकारीअनुसार सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा गुणनिधि शर्मा तथा सदस्यमा राममणि पोखरेल, दिनेश देवकोटा, प्रेम कुँवर र लक्ष्मी देवकोटालाई नियुक्त गरेको छ । त्यस्तै नेपाल राष्ट्र बैंकको गर्भनरमा डा.दीपेन्द्रबहादुर क्षेत्रीलाई नियुक्त गरिएको छ । बैठकले सुकुम्वासी आयोगका अध्यक्षमा कैलाश महतो तथा सदस्यमा पार्वती दुलाल, दीपक राई र वसन्ती चौधरीलाई नियुक्त गरको छ । आजको बैठकले प्रधानमन्त्रीको अध्यक्षमा सुरक्षा परिषद्को गठन गरेको छ । परिषद्मा रक्षा, गृह र परराष्ट्रमन्त्री सदस्य रहनुहुने छ । त्यस्तै सेना समायोजन विशेष समितिका अध्यक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड' तथा सदस्यमा उपप्रधानमन्त्री वामदेव गौतम, रक्षामन्त्री रामबहादुर थापा'बादल', मधेसी जनअधिकार फोरमका जयप्रकाशप्रसाद गुप्ता र मोहम्मद हविउल्लाह तथा नेकपा (एमाले) का भीम रावल रहनुभएको छ । बैठकले श्रमजीवी पत्रकार नियमावली संशोधनसहित पारित गरेको छ ।

No comments: